‘तेस्रो राष्ट्रिय थारु साहित्यिक मेला’ सम्पन्न

राम सोनाम/

बर्दिया,माघ,६-

बर्दियाको बढैयातालमा तिन दिन सम्म सञ्चालन भएको ‘तेस्रो राष्ट्रिय थारु साहित्यिक मेला’ आज सम्पन्न भएको छ । बिभिन्न १० बुँदे बढेयाताल घोषणपत्र जारी गर्दै मेला समापन भएको हो ।

पूर्व उदयपुर सुनसरी देखि सुदुर पश्चिम कञ्चनपुर सम्मका थारु बुद्धिजीवि र साहित्यकार सहभागी मेलामा थारु लोक कथा समालोचनात्मक दृष्टी, थारु भाषा सरकारी कामकाजको भाषा, बर्दिया विकास बहस, रेडियोमा थारु भाषाको कार्यक्रमको अवस्था र विकासमा बडघर प्रणालीको भूमिका लगायतका विषयमा गहन छलफल भएको थियो ।

थारु साहित्य सिर्जनाका विविध पक्ष, थारु भाषालाई कामकाजी भाषाका रुपमा प्रयोग गर्ने उपाय लगायतका बिषयमा वहस गर्न मेलाको आयोजना गरिएको आयोजक थारु लेखक संघका केन्द्रिय सदस्य एवं मेला संयोजक सुशिल चौधरीले जानकारी दिनुभयो ।