इँटा भत्किएर किच्दा एकजनाको मृत्यु,आठजना घाइते

चितवन,मंसिर,२७-
चितवनको कालिका नगरपालिका–६ मिलिजुली चोकमा मंगलबार इँटाभट्टामा इँटा बनाउने क्रममा चाङ्ग भत्किएर किच्दा एकजनाको मृत्यु भएको छ ।

आठजना घाइते भएका छन् । बिके इँटाभट्टामा इँटाको चाङ्ग लगाउँदै गर्दा चाङ्ग भत्किएर रोल्पा घर भएका ४० वर्षीया संगीता डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । डाँगीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । अन्य आठजना सामान्य उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।