तिमी फुल भन्दै गायक जीवन

रोशन घर्ति/
दाङ,मंसिर,२७-
गायक जीवन ढुङगेलको पहिलो गित सार्वजनिक भएको छ । लाखौँ प्रयास र सङघर्ष गर्दै यस स्थानमा आएको उनि बताउछन । पाँचथर घर भएका उनि विज्ञान विषय पढनका लागी काठमाण्डौ छिरेका हुन । विज्ञान विषयमा बि.एस.सी.पढदै गर्दा सांगीतिकमा सानैदेखीको लगाव भएको हुदा उनि संगित सिक्न समेत सुरु गरे घरमा सांगितिक वातावरण भएको हुदा उनले संगितमा पनि स्नातक गर्दैछन ।
स्वर्गीय स्वर सम्राट नारायण गोपालको गित खुबै गाउने तथा मन पराउने उनि आफु पनि सांगितिकमा छुट्टै पहिचान बनाउन सहङर्ष गरीरहेका छन । स्टेज कार्यक्रममा आधुनिक विधाका गित गाएर दर्शकलाई छुट्टै आनन्द दिने गायक हुन उनि । उनकै स्वरमा सजिएको ‘‘तिमी फुल बोलको गित सार्वजनिक भए सगै खुबै रुचाईएको छ ।

प्रस्तुत गितमा जीवन ढुङगेल र अहिले करोड भ्युजमा उक्लिएका गितमा आवाज दिईकि सफल गायीका मेलीना राईको स्वर रहेको छ । शब्द,संगित भने जिवन ढुङगेलकै हो । अशोक राईको एरेन्ज रहेको गितमा राजीव समरको कोरीयोग्राफी,उत्सव दाहालको छाँयाकन,सुप्रिम पराजुलीको सम्पादन,सान थापाको निर्देशन रहेको छ । भने उक्त गितमा निराजन प्रधान र एलिशा राईको अभिनय रहेको छ ।
गित सफलताको शुभकामना