जापान नेपाल फुटबल संघ (एन्फा,जापान) को कार्यालय उदघाटन हुने

पूर्व राष्ट्रीय खेलाडीको नेतृत्वमा च्यारिटी म्याच हुने

फाईल तस्वीर ॥

टोकियो,जापान,वैशाख,२९-जापानको टोकियोमा “जापान नेपाल फुटबल संघ (एन्फा, जापान) को कार्यालय उदघाटन हुने भएको छ।

यहि जुन १६ तारिख आईतबारका दिन बिहान ९ बजे टोकियोको फुस्सा सि कुमागावा भन्ने स्थानमा “जापान नेपाल फुटबल संघ (एन्फा,जापान)”को कार्यसमिति गठन गर्दै कार्यालयको उदघाटन गर्ने तय भएको छ।

उदघाटन समारोहको प्रमुख अतिथीमा जापान स्थित नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदी रहनु हुनेछ भने विशिष्ट अतिथीहरुमा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङ र एनआरएनए आईसिसिका उपाध्यक्ष रविन प्रसाद शेरचन रहनु हुनेछ। 

उक्त कार्यक्रमको विशेष अतिथीहरुमा पूर्व नेपाली राष्ट्रिय टिमका प्रशिक्षक राजु काजी शाक्य, यस्तै नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडीहरु उमेश प्रधान र हरि खड्का, त्यस्तै जापान फुटवल एशोसिएसनको प्रशिक्षकहरुको विदेशी प्रेषण ताकेदा चियेकी र कलाकार राजु लामा रहनु हुनेछ।

जापान नेपाल फुटबल संघ (एन्फा जापान) लाई आधिकारिक मान्यता दिनको लागि नेपाल देखि अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी आउन लाग्नु भएको जापान नेपाल फुटबल संघ (एन्फा जापान) का संयोजक शिब खड्काले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।

संयोजक खड्का अनुसार कार्यालय उदघाटन संगै कार्य समिति घोषणा गर्ने नयाँ कार्यसमितिका सदस्यहरुलाई शपथग्रहण गराउने र विधान पारित गरि कार्यान्वयनमा लैजाने बताउनुभयो।

यस्तै:उक्त दिन (च्यारिटी म्याच) हुने भएको छ।उक्त म्याचमा कुल ६ टिमले सहभागिता जनाउनेछ।खेल नकआउटको आधारमा हुनेछ।उक्त च्यारिटी म्याचमा सहभागी हुने टिमको नेतृत्वचाहि टिम नेपाल रातो (अ) को क्याप्टेनसिप प्रमुख अतिथि राजदूत डा.दुर्गा बहादुर सुवेदीले गर्नु हुनेछ, भने नेपाल निलो (अ) टिमको क्याप्टेनसिप राजु काजी शाक्यले गर्नु हुनेछ,भने एन्फा नेपाल (अ) टिमको क्याप्टेनसिप चाहीँ पंकज विक्रम नेम्बाङले गर्नु हुनेछ।

यस्तै टिम सगरमाथा (अ) को क्याप्टेनसिप हरी खड्काले गर्नु हुनेछ,भने रारा (अ) टिमको क्याप्टेनसिप उमेस मानले गर्नु हुनेछ,भने आईसीसी एनआरएन ११ (अ) को क्याप्टेनसिप रविन शेरचनले गर्नु हुनेछ।खेल हाचीओजी टोकियोमा दिउँसो ३ बजे देखी राती ८ बजे सम्म हुने भएको हुनाले उक्त दिन उपस्थित भैईदिन सबै जनालाई अनुरोध गरेको संयोजक शिव खड्काले बताउनुभयो।