निर्वाचनपछि मुलुक समग्र आर्थिक विकास तिर : प्रधानमन्त्री

राष्ट्रपति कसैले उचाल्दैमा नउचालिने

काठमाडौं,असोज,२८-

व्यवस्थापिका–संसदको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले निर्वाचनपछि मुलुक समग्र आर्थिक विकासको बाटोमा लाग्ने बताउनु भएको छ ।संविधान जारी पछि २००७ देखि देखेको सपना पूरागरी संविधानसभाबाट संविधान जारी हुनु ऐतिहासिक घटना भएको बताउनुभयो ।

संविधान जारी भएपछि विभिन्न कानुन बनेको, स्थानीय तहको निर्वाचन सम्पन्न भएको र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको तयारी भएको जनाउँदै मधेसी समुदायका माग सम्बोधन गर्न पेस भएको संविधान संशोधन प्रस्ताव पारित हुन नसके पनि स्थानीय तहको निर्वाचन सम्पन्न हुनु ठूलो उपलब्धि भएको बताउनुभयो ।

प्रधानमन्त्री : शेर बहादुर देउवा

उहाँले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सुरक्षालगायत सम्पूर्ण तयारी पूरा भएको अवगत गराउँदै आगामी दिनमा संविधानभित्र रहेका असन्तुष्टिलाई सम्बोधन गर्न आफ्नो प्रयास रहने पनि स्पस्ट गर्नुभयो ।

 

संविधान सभामा रहेका सबै दलले झिना मसिना कुरामा नअल्झिकन संविधान कार्यान्वयन र विकासका लागी लाग्नु पर्ने र सरकारले पनी संविधान कार्यान्वयन गर्न आवश्यक वातावरण सिर्जना गरेको भन्दै अब  आउदो मंसिरमा १० र २१ गते हुने प्रदेश सभा र राष्ट्रियसभाको चुनाव सबैको सहयोगबाट सम्पन्न हुनेमा आफू विस्वस्त रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो त्यसपछि हाम्रो अभियान आर्थीक विकास र सम्वृद्वि भएको भन्दै अब हामी मुलुकलाई सम्वृद्व बनाउने अभियानमा अघी बढ्नु पर्ने र केहि वर्षमै विकसित मुलुकको हाराहारीमा पुर्याउन प्रयत्न गर्नु पर्ने बताउनुभयो । जसका लागी सार्वजनीक र निजी क्षेत्रको सहयोगबाटै मुलुक अघि बढ्नु पर्नेमा आफू विस्वस्त रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले राष्ट्रियता ,प्रजातन्त्र, राष्ट्रिय स्वभिमानको खिलापमा नेपाली काँग्रेस कसैसित सम्झोता नगर्ने ठोकुवा गर्नुभयो । यसका लागी आफूहरुले अहिले सम्म लडेको भन्दै नेपालालई सबै भन्दा बढी माया नेपाली काँग्रेसले भन्दा अरु कसैले गर्न नसक्ने भन्दै देश भक्त्त भएको बताउनुभयो ।

संविधान जारी गर्ने सहमतीय राजनीतिक दायित्व पूरा गर्ने तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, विभिन्न कालखन्डमा लोकतन्त्रका लागि संघर्ष गर्ने बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, पुष्पलाल, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीलगायतका नेतालाई स्मरण गर्दै उहाँले संविधानमा बहुलवादमा आधारित लोकतन्त्र, समाजवाद, समानुपातिक समावेशीताका विषय समावेश भएकामा खुसी व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले ‘मुलुकी ऐनलाई समयानुकूल बनाउने देवानी संहितालगायत ६ ओटा विधेयक संसदबाट पारित हुनु युगान्तकारी परिवर्तन भएको बताउनुभयो । प्रमुख विपक्षी एमालेमाथि मन्त्रिपरिषद् विस्तार रोक्न राष्ट्रपतिलाई उचाल्न खोजेको आरोप लगाउनु भएको छ । तर, राष्ट्रपतिले संवैधानिक भूमिका निर्वाह गरेको भन्दै प्रधानमन्त्री देउवाले विषेश धन्यवाद दिनुभयो ।

उहाँले राष्ट्रपति विद्या भण्डारीले संवैधानिक राष्ट्रपतिको भूमिका निर्वाह गरेको भन्दै उहाँले भन्नुभयो हिजो राजा कसैले उचाल्दा उचालिन्थे तर, उनी उचालिँदै उचालिनन् । त्यसैले म पार्टिको तर्फबाट स्वयम हार्दिक धन्यवाद दिन चाहन्छु ।

यसैविच प्रधानमन्त्री देउवाले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले समेत मन्त्रिपरिषद् विस्तारले चुनावलाई असर नगर्ने भनिसकेको भन्दै यादवलाई पनि धन्यवाद दिनुभयो ।

यस्तै प्रधानमन्त्री देउवा अघि सम्बोधन गर्नु भएका ओलीले थप मन्त्री किन चाहियो भन्दै सरकारलाई  गरेको प्रश्नको खण्डन गर्दै 

प्रधानमन्त्रीले भन्नुभयो मन्त्री परिषद ठुलो भयो भन्ने कुरा संक्रमणकालीन मन्त्रिपरिषदको संख्याबारे संविधानमा केही उल्लेख नभएको जिकिर गर्दै सविधानमा दिएको अधिकार प्रधानमन्त्रीले गर्न नपाउने ,विपक्ष दललाई प्रश्न गर्दै उहाँले भन्नुभयो ‘भोलि सख्या घट्न पनि सक्छ । २/४ दिनमा थाहा पाइहाल्नुहुन्छ, यस्तो कुरा गर्न सुहाउदैन भन्दै नअत्तालीन विपक्षलाई आग्रह गर्नुभयो ।

प्रदेश २ को चुनाव अघि पनि सरकार विस्तार भएको स्मरण गर्दै उहाँले  विपक्षी दलका नेतामाथि त्यसबेला केही नबोलेको तर, अहिले किन प्रश्न गरेको भनी प्रश्न गर्नुभएको थियो ।