मूर्ति सेलाउने विषयमा गुलरियामा विवाद चर्कियो

प्रशासनद्वारा कर्फ्यू आदेश

बर्दिया,असोज,१६-

बर्दियाको गुलरिया नगरपालिकाको लालपुर क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश गरेको छ ।आज बिहानैदेखि स्थानीय दुई पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले लालपुरदेखि ५०० सय मिटर पू्र्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर कर्फ्यु जारी गरेको हो ।

बर्दियाको गुलरिया नगरपालिका–११ मा आइतबार दिउँसो दुर्गाको मूर्ति र मोहर्रमको ताजिया सेलाउने क्रममा दुई पक्षबीच झडप भएको थियो ।सोही विषयलाई लिएर आज बिहानैदेखि दुवै समूहले प्रदर्शन गरिरहेका छन् ।

स्थिति तनावग्रस्त भएपछि प्रहरीले केही सेल अश्रु ग्यास र हवाइ फायरसमेत गरेको थियो । प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।