नेपाल संवत् को अवसरमा राष्ट्रपति तथा प्रधानमन्त्रीबाट शुभकामना सन्देश

काठमाडौं,कात्तीक,२७-राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४४ का अवसरमा देश विदेशमा रहनु भएका नेपालीहरूप्रति शुभकामना व्यक्त गर्नु भएको छ।

उहाँले सन्देशमा ‘नेपाल संवत्ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्‍वासका साथ नेपाल संवत् ११४४ को हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो।

यसैगरि नेपाल संवत् ११४४ को अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना सन्देश जारी गर्दै नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर गर्ने अपिल गर्नुभएको छ।

नेपाल संवत्को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले यस्तो अपिल गर्नुभएको हो।शुभकमना सन्देशमा उहाँले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिने ऐतिहासिक निर्णय गरेको तथ्य स्मरण गर्दै नेपाल संवतले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने उल्ल्ख गर्नु भएको छ ।

नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति उहाँले शंखधर साख्वाले पुर्याएको योगदान सबैका लागि प्रेरणादायी हुने संदेश प्रधानमन्त्री दाहालले दिनुभएको हो।