तिहारको दोस्रो दिन:आज कुकुर तिहार र लक्ष्मी पुजा संगै मनाईदै

आज विहान कुकुर तिहार बेलुकी लक्ष्मी पुजाकाठमाडौं,कार्तिक,१५-नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको आज दोस्रो दिन अर्थात कुकुर तिहार हो।आज मालिक प्रति वफादार कुकुरको पुजा आजा गरिन्छ।

यसपटक कुकुर तिहार लक्ष्मी पुजा एकै दिन परेको छ। कात्तिक कृष्ण चतुर्दशी तिथिमा कुकुर तिहार मनाइने भए पनि आज बिहान चतुर्दशी र दिउँसोपछि रातभर औंसी तिथि रहेकाले दीपावली गरी लक्ष्मीको पुजा गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।

कुकुर तिहार यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन मनाइन्छ, जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ।

यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ।कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ।कुकुर यमराजको अर्को प्रियभक्त हो।कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ।