सुनको भाउ १ हजार ५०० ले बढ्यो

काठमाडौं,मंसिर,१८-नेपाली बजारमा बिहीवार पनि सुनको मूल्य बढेको छ । बिहीवार स्थानिय बजारमा पहेंलो धातु सुनको मूल्य प्रतितोला रू. १ हजार ५०० ले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ६०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार १०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. १ हजार ५०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार १५० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ९० हजार ५५० मा कारोबार भएको थियो । 

यस्तै, चाँदी भने प्रतितोला रू. एक हजार २०५ मा कारोबार भएको छ । बुधवार चाँदी प्रतितोला रू. एक हजार १८५ मा कारोबार भएको थियो । बुधवारको तुलनामा चाँदी प्रतितोला रू. २० ले बढेको हो ।