‘ए’ डिभिजन लिगमा आज आईतवार पनि तीन खेल हुँदै

काठमाडौं,फाल्गुन,२१-शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आईतवार तीन खेल हुँदैछन् ।

आइतबार एनआरटी र सातदोबाटो युथ क्लबबीच च्यासल मैदानमा साढे २ बजे खेल सुरु हुनेछ । त्रिभुवन आर्मी एफसी र संकटा क्लबबीच दशरथ रंगशालमा साढे २ बजे नै खेल सुरु हुनेछ ।

साविक विजेता मछिन्द्र एफसीले जावलाखेल युथ क्लबसँग दशरथ रंगशालमा साढे ५ बजे खेल्नेछ ।

शुक्रबारबाट सुरू भएको लिगको उद्घाटन खेलमा नवप्रवेशी एफसी खुमलटारले विजयी भएको थियो । यस्तै आईतवार भएको तिन खेलमा एपिएफ र चर्च ब्वाईज क्लव विजयी भएको थियो भने मनाङ मर्याङ्दी क्लव र हिमालय शेर्पा क्लवको खेल बराबरी भएको थियो ।

तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग यसपालि डबल राउण्ड रोबिनका आधारमा २५ जेठसम्म चल्नेछ ।