सुदूरपश्चिम सेवा समाजद्वरा कलाकार तिमिल्सीनालाई क्वालालाम्पुरमा बिदाई

दिनेश खड्का खप्तडी,

मलेसिया,असार, १५-

सुदूर पश्चिम सेवा समाज मलेसीयाको निमन्त्रणामा मलेसीया नेपाल बाट आउनु भएका राष्ट्रिय कलाकार टंक प्रसाद तिमिल्सीनालाई क्वालालाम्पुर स्थित उग्रतारा होटलको सभाहलमा एक कार्यक्रमका बिच सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरिएको छ ।

सुदूर पश्चिम सेवा समाज मलेसीयाको चौथो अधिवशेन २०१७ को विशेष सांगितिक कार्यक्रम तथा मलेसीयाका बिभिन्न शहरहरुमा सम्पन्न भएको विविधि सांस्कृतिक कार्यक्रममा आफ्नो सांस्कृतिक प्रस्तुति दिन १७ जुन २०१७ का दिन सुदूर पश्चिमका देउडा सम्राट नन्द कृष्ण जोशी संगै मलेसीया आउनु भएका तिमिल्सीना आफ्नो मलेसीयाको सांस्कृतिक प्रस्तुति देखाएर ३० जुन २०१७ का दिन नेपाल फर्कन लाग्नु भएको हो ।

सुदूर पश्चिम सेवा समाज मलेसीयाका पूर्व अध्यक्ष एवं विशेष सल्लाहकार टेक बहादुर बुढाको प्रमुख आतिथ्य एवं सुदूर पश्चिम सेवा समाजका अध्यक्ष देवराज पाण्डेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उपस्थित अतिथिहरुले गायक तिमिल्सनाको सांगितिक यात्राले सफलताको शिखर चुम्न तथा स्वदेश फिर्तीको यात्रा सफलताको लागि शुभकामना प्रदान गर्नुभएको थियो ।

कार्यक्रमकमा बोल्दै गायक तिमिल्सीनाले मलेसीयमा आएर पनि आफ्नो अभिभावक एवं परिवार रुपमा सुदूर पश्चिम सेवा समाज मलेसीयालाई पाएको अनुभूति बताउनुभयो र मलेसीयामा रहेका सबै कार्यक्रमका आयोजकहरु एवं विशेष गरी सुदूर पश्चिम सेवा समाजका अग्रजहरु प्रति आभार समेत ब्यक्त गर्नु भयो ।

सोही अवसरमा नेपालीहरुको चाड असार १५ को उपलक्ष्यमा दहि चिउरा खाने कार्यक्रम पनि रहेको थियो । कार्यक्रमको संचालनका समाजका कोषाध्यक्ष गोकर्ण देव भट्टले गर्नुभएको थियो ।