सुनको भाउ बढ्यो,चाँदीको भाउ भने घट्यो

काठमाण्डौं,चैत्र,२४-आज बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९९ हजारमा पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ। 

चाँदीको भाउमा पनि सामान्य गिरावट देखिएको छ। चाँदी प्रतितोला १ रुपैयाँले घटेर १२३४ मा कारोबार भइरहेको छ।