टी-२० विश्वकप : यूएईमाथी नेपालको १ रनको रोमाञ्चक जित

फाईल तस्विर ।।

टोकियो,असोज,२६-नेपालले आज यूएईलाई एक रनले जितेको छ।

आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको आज आईतबार भएको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको हो।

पहिले नेपालले टस जितेर यूएईलाई बलिङको लागि निम्तो दिएको थियो।

नेपालले पहिले ब्याटिङ गर्दै ओपनर आसिफ शेखको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो।

जितका लागि १४१ रनको लक्ष्य पाएको यूएईले भने २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यौ।अन्तिम ओभरमा यूएईलाई १० रन चाहिएको रोमाञ्चक खेलमा नेपालले ८ रन मात्र दिएर असोचनीय तरिकाले
१ रनको जित निकालेको हो।

ब्यटिङ तर्फ 

नेपालका लागि ओपनर आसिफले ४७ बलमा ५१ रन बनाए।त्यस्तै, कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० रन बनाए।गुल्शन झाले ५ बलमा १४ रन बनाएर आउट भएका थिए।

त्यसैगरी:यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेलेपनि पर्याप्त हुन सकेन।उनले ५८ रन बनाए।ध्रुव पराशरले ३८ रन बनाए।अन्य यूएईका ब्याटर भने चल्न सकेनन्।

बलिङ तर्फ 

नेपालका लागि दीपेन्द्रले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए।सन्दीप लामिछाने, सोमपाल कामी र गुल्शन झाले १-१ विकेट लिए।

यस्तै : यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १-१ विकेट लिए।

नेपालले अब अक्टोबर १३ तारिख सोमबारका दिन कतार संग खेल्ने छ।