नेपाल मगर संघ जापानको प्रवक्तामा दुर्लभ सारु मगर मनोनीत

टोकियो,कार्तिक१८-नेपाल मगर संघ जापानको केन्द्रिय समितिको प्रवक्तामा दुर्लभ सारु मगर मनोनीत हुनु भएको छ।

नेपाल मगर संघ जापानका प्रवक्ता : दुर्लभ सारु मगर

टोकियोमा आईतबार बसेको नेपाल मगर संघ जापानको पछिल्लो कार्यसमितिको प्रथम पुर्ण बैठकले दुर्लभ सारु मगरलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।

नेपाल मगर संघ जापानको विगतको कार्यसमितिमा नरहे पनि उहाँले समाजलाई गर्दै आईरहेको सहयोग र भुमिकालाई मध्यनजर गर्दै प्रवक्ताको जिम्मेवारी दिएको नेपाल मगर संघ जापानका अध्यक्ष भिक्टर ठाडा मगरले जानकारी दिनुभयो।

अध्यक्षका अनुसार समाजको गतिविधिलाई वृहत रुपमा संचालन गर्न दुर्लभको भुमिका महत्वपूर्ण रहने संघको विश्वास छ।

उहाँ विगत लामो समय देखिनै संञ्चारकर्मीमा आवद्ध भईसकेको व्यक्ती हुनाले गर्दा नेपाल मगर संघलाई अझै फाईदा हुने अपेक्षा राखेर नै हामीले प्रवक्ताको जिम्मेवारी दिएको बताउनुभयो।

यसैविच : नेपाल मगर संघ केन्द्रिय समिति जापानको नयाँ कार्यसमितिको पुर्ण बैठकले अन्य रिक्त रहेको पदमा सदस्य मनोनित गरेपछि २०२५ देखि २०२७ सम्मको २ वर्षे कार्यकालका लागि चयन गरिएको नयाँ कार्यसमितिले पनि पुर्णता पाएको संघका महासचिव सागर थापाले जानकारी दिनुभयो।

फाईल तस्विर ॥

नेपाल मगर संघ केन्द्रिय समितिमा मोनोनीत हुने सदस्यहरु
संरक्षक : श्री ठानु राना मगर
वरिष्ठ सल्लाहकार : श्री नविन थापा मगर

सल्लाहकारहरु
श्री ओम काउचा मगर
श्री रामहरी खपाङ्गी मगर
श्री प्रेम प्रकाश रोका मगर
श्री लक्ष्मण घर्ती मगर
श्री चन्द्र पुन मगर
श्री गंगा घर्ती मगर
श्री नर बहादुर जुग्जाली मगर
श्री मिना पुन मगर
श्री प्रितम पुन मगर

फाईल तस्विर ।

यस्तै
प्रवक्ता : श्री दुर्लभ सारु मगर
साँस्कृतिक संयोजक : श्री विकाश फगामी मगर

सदस्यहरुमा
श्री घनश्याम राना मगर
श्री आकाश पुन मगर
श्री सुजन थापा मगर
श्री धरमेन्द्र बुर्जा मगर लगायत मनोनीत भएका हुन् ।

यसैगरी:नेपाल मगर संघ जापानले आगामी दिनमा जापानमा रहेका प्रवासी नेपालीमाझ आफ्नो नेपालको रितिरिवाज, चालचलन, भेषभुषा, भाषा संस्कृती जगेर्ना गर्नको लागि नबिर्सिऊन भन्ने उद्देश्यले साँस्कृतिक र सामाजीक कार्यहरु वार्षिक क्यालेण्डर बनाएर गर्ने भएको छ।

आउदै गरेको माघे संक्रान्ती पर्व,गत वर्ष जस्तै गरि यसवर्ष पनि जापानभरी नै मनाउन लागेको हुनाले त्यसको तयारीका लागि अहिल्यै देखि नै जुटेको संघले जनाएको छ।