सात प्रदेशका लागि ९९ अर्ब ८७ करोड बजेट, महानगरहरुका लागि ९ अर्ब ४७ करोड विनीयोजन

काठमाडौं,जेठ,१६-सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा ७ प्रदेशलाई समानीकरण, सशर्त, विशेष र समपुर अनुदान शीर्षकमा ९९ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

जसमध्ये समानीकरण अनुदानमा ५५ अर्ब १९ करोड ५० लाख, सशर्त अनुदानमा ३६ अर्ब ३५ करोड ७५ लाख, विशेष अनुदान शीर्षकमा ३ अर्ब १३ करोड ५० लाख र समपुक अनुदान शीर्षकमा ५ अर्ब १८ करोड ६२ लाख छुट्टयाइएको हो ।

यसअन्तर्गत सबैभन्दा बढी प्रदेश १ ले संघीय ढुकुटीबाट रकम पाउने छ भने सबैभन्दा कम गण्डकी प्रदेशले पाउने छ ।

यसरी पाउने छन् प्रदेशले रकम

प्रदेश १– १५ अर्ब ११ करोड ३८ लाख

प्रदेश २– १३ अर्ब ४० करोड ५९ लाख

बागमती प्रदेश– १४ अर्ब ८६ करोड ९८ लाख

गण्डकी प्रदेश– १३ अर्ब ३५ लाख ९९ लाख

प्रदेश ५– १४ अर्ब ६ करोड ९६ लाख

कर्णाली प्रदेश– १४ अर्ब ८३ करोड ६५ लाख

सुदूपश्चिम प्रदेश– १४ अर्ब २१ करोड ८२ लाख

महानगरहरु कसले कति पाउँदै छन् ?

यसैगरी स्थानीय तहतर्फ ६ वटा महानगरपालिकाहरुलाई ९ अर्ब ४७ करोड विनियोजित गरिएको छ । जसअन्तर्गत सबैभन्दा बढी पोखरा महानगरपालिका र सबैभन्दा कम विराटनगर महानगरपालिकाले पाउने भएको छ ।

केन्द्रीय सरकारले समानीकरण अनुदान मार्फत ६ वटा नगरपालिकालाई ३ अर्ब २ करोड २९ लाख रुपैयाँ, सशर्त अनुदान शीर्षकमा ५ अर्ब ९४ करोड ४२ लाख रुपैयाँ, विशेष अनुदान शीर्षकमा २७ करोड ८० लाख र समपुरक अनुदान शीर्षकमा २२ करोड ५६ लाख रुपैयाँ बजेट छुट्टयाइएको छ ।

विराटनगर–९९ करोड ३१ लाख

वीरगञ्ज – १ अर्ब ३९ लाख ८९ हजार

भरतपुर– १ अर्ब ५६ करोड ५ लाख

ललितपुर– १ अर्ब १० करोड ९९ लाख

काठमाडौं– १ अर्ब ८२ करोड २३ लाख

पोखरा– २ अर्ब ५२ करोड ६० लाख