कोहलपुरमा सात करोडको लगानीमा नयाँ खानेपानी आयोजना सुरु

बाँके,माघ ३ –कोहलपुर नगरपालिका क्षेत्रभित्र स्वच्छ खानेपानीको अभावहुन नदिन करिव सात करोडको लगानीमा नयाँ खानेपानी आयोजना कोहलपुरमा सुरु भएको छ । ४ लाख ५० हजार लिटर क्षमताको दैनिक पानी पु¥याउने लक्ष्यका साथ काम थालिएको छ । खानेपानी आपूर्ती तथा सरसफाइ मन्त्रालयको ७० प्रतिशत लगानी तथा कोहलपुर साना शहरी खानेपानी उपभोक्ता संस्थाको ३० प्रतिशत लगानी ६ करोड ७८ लाख ५१ हजार ९ सय ४९ रुपैंया २८ पैंसाको लागतमा कोहलपुर कोहलपुर साना शहरी खानेपानी योजना सुरु भएको हो ।

२०७४ साउनसम्म काम सक्ने लक्ष्य रहेको योजना पुरा भए नगर भित्र रहेको स्वच्छ र सफा पिउने पानी अभाव नहुने लक्ष्य लिइएको छ । नेपालगञ्ज सुर्खेतरोड रत्न राजमार्गको रक्षा सामुदायिक वन र जन एकता महिला सामुदायिक वन समूहको करिव २ विगा क्षेत्रफलमा ४० बर्षका लागी भाँडामा लिइ खानेपानी आयोजना स्थलमा आयोजना निर्माण भइरहेको छ । कोहलपुर नगर क्षेत्रमा प्रत्येक बर्ष गर्मीयामसंगै खानेपानीको अभाव संगै समस्या बढ्दै जान थालेपछि यसको समाधान गर्नका लागी करिव ७ करोडको लागतमा खानेपानी आयोजना निर्माण सुरु गरीएको कोहलपुर साना शहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष नर बहादुर मल्लले बताउनुभयो ।

यहाँबाट ८ हजार ७४ मिटर लामो पाइप विछ्याएर दुइ हजार २ सय ७१ मिटर क्षेत्रसम्म विस्तार गरीने छ ।अहिले डिप ट्यूवल ,ओभरहेड ट्याङ्ककी र अन्य संरचना निर्माणको काम धमाधम भइरहेको छ । आयोजना सम्पन्न भएपछि थप नयाँ पाच हजार धारा जडान गरीने छ । नगरभित्र रहेको एउटा मात्र काखेपानी ट्याङ्ककी रहेको अवस्था यो आयोजना निर्माण पछि तीन वटा डिप ट्यूवेल, एक ओभरहेड ट्याङ्ककी, र डिप ट्यूवेल पानी शुद्धीकरण प्लान्ट निर्माण भइरहेको इन्जिनियर दानबहादुर पछेरालले बताउनुभयो ।

२०६५ सालमा निर्माण भएको ९ करोडको लागतमा कोहलपुर साना शहरी खानेपानी आयोजना निर्माण गरीएको भए पनि अहिले पनि कोहलपुर क्षेत्रमा खानेपानीको अभाव रहदै आएको छ । ५ ओटा डिप बोरीङ्ग भए पनि विग्रेर अहिले २ ओटा डिप बोरीङ्ग सञ्चालनमा छन् । कोहलपुर नगरक्षेत्रमा १३ हजार ८ सय ३५ घरधुरी रहेकोमा करिव ३ हजार ग्राहक भए पनि अहिले नगर क्षेत्रका २७ सय घरधुरीलाइ मात्र संस्थाले पानी वितरण गर्न गर्न सकेको छ । अजै ११ हजार जनसङ्कख्यालाइ पानी वितरण गर्न सकेको छैन् । कोहलपुर खानेपानीले अहिले कोहलपुर बजार क्षेत्र, चप्परगौडी, रझेना, प्रमेनगर, ड्राइभरटोलमा अहिले खानेपानी वितरण भइरहेको छ ।