एकै दिन कोरोनाका कारण ११ जनाको मृत्यु, १०६९ जना संक्रमित थपिए

काठमाडौं,भदौ,१६-नेपालमा पछिल्ले २४ घण्टामा १०६९ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०६९ जना संक्रमित थपिएको जानकारी दिनुभयो ।

यो सहित हालसम्म संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।पछिल्लो २४ घण्टामा ७६८ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् ।

हालसम्म कोरोनाबाट निको हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ ।हाल सक्रिय संक्रमितको संख्या १८ हजार ११२ छ ।पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ ।पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पिसिआर परीक्षण भएको थियो ।हालसम्म ७ लाख ५ हजार बढीको पिसिआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।जसमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् ।