महन्थ ठाकुर र पौडेलीच भेट,नयाँ सत्ता समीकरण विषयमा छलफल

काठमाडौं,चैत,२२-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गर्नुभएको छ ।

आइतबार बिहान वरिष्ठ नेता पौडेल अध्यक्ष ठाकुरलाई भेट्न उहाँकै निवास हात्तिवनमा पुग्नुभएको थियो।पौडेल र ठाकुरबीच समसामयिक राजनीति र नयाँ सत्ता समीकरण विषयमा छलफल भएको बताइएको छ ।

छलफलमा पौडेलले ठाकुरसँग कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बन्नुपर्ने भन्दै त्यसका लागि तीनै दलका शीर्ष नेता बसेर टुंगोमा पुग्न प्रस्ताव गर्नुभएको थियो ।पौडेलको प्रस्तावमा अध्यक्ष ठाकुर सकारात्मक भएको बुझिएको छ ।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको र त्यसमा माओवादी केन्द्र र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि सकारात्मक रहेको भन्दै पौडेलले जसपासँग पनि नमिलेका विषय हल गर्न तयार रहेको बताउनुभएको थियो ।

शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो ।