साफ च्याम्पियनसिपको उपाधीका लागी आज नेपाल र बंगलादेश भिड्ने

फाईल तस्विर!!

टोकियो,कार्तिक,१४-नेपाल लगातार दोस्रोपल्ट साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग आज बुधबार खेल्दैछ।

यसअघि पाँच पल्ट फाइनल पुगेर पनि उपाधिविहीन नेपालले उपाधि भिडन्तमा साविकको विजेता बंगलादेशविरुद्ध खेल्न लागेको हो ।

नेपालले साविक विजेता बंगलादेशसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः३० बजे खेल्दै छ।गत संस्करणमा नेपालमाथि ३-१ को जित निकाल्दै बंगलादेश पहिलोपल्ट च्याम्पियन बनेको थियो।

एन्फाले नै टिकट बेच्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) आफैंले फाइनलको टिकट बिक्री गर्ने भएको छ।

एन्फाले मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पत्रकार सम्मेलनमार्फत यसअघि माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले एन्फासँग भएको सम्झौता रद्द गर्दै टिकट आफैले टिकट बेच्ने जनाएको हो।

सेमिफाइनलमा करिब १५ हजार ४०० दर्शक क्षमता रहेको रंगशालामा १८ हजार ९ जना दर्शकलाई प्रवेश दिएको म्याच रिपोर्टमा सार्वजनिक भएको थियो ।

लगत्तै एन्फाले क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै फाइनलको टिकट बिक्री रोकेको थियो।

एन्फा प्रवक्ता सुरेश शाहका अनुसार माउन्ट एभरेस्टले फाइनलका लागि भिआइपी प्यारापिटतर्फ क्षमताभन्दा बढी टिकेट विक्री गरिसकेको छ।सामान्यतर्फ पनि ४१ सय टिकेट बिक्री गरेको उनले जानकारी दिनुभयो।