नेपालगन्ज महोत्सवमा आज गायक सुनिल गिरि,एमटी महर र ११३ आवाज निकाल्ने दिपेन्द्र वलि आउने

नेपालगंज,माघ,४-

दर्शकको व्यापक सहभागीताले सफल हुँदै गएको नेपालगन्ज महोत्सव २०७५ को नवौ दिन माघ ४गते युवाहरुको ढुकढुकी बहुचर्चित गायक सुनिल गिरि र ११३ भन्दा बढी आवाज निकाल्न सक्ने दिपेन्द्र वलि लगाएत अन्य थुप्रै कलाकारहरु आउने भएका छन।

दर्शकको आग्रहमा आयोजकले उनिहरु लाई नेपालगन्ज ल्याएको हो । प्रचारपसार उप समिति संयोजक सुनिल रेग्मीका अनुसार कार्यक्रम सहभागी हुन उनिहरु बिहिबार नै नेपालगन्ज आइपुगेका छन् ।

शुक्रबार गायक सुनिल गिरि ले चर्चित गीत को होला त्यो, भन्ज्याङ्ग लगाएतका गीतहरु प्रस्तुत गर्ने छन।त्यस्तै गायक महरले पनि गीत प्रस्तुत गर्ने छन भने दिपेन्द्र वलिले भने करिव ११३ वटा आवाज निकालेर दर्शकहरुलाई मनोरन्जन दिने छन।

शुक्रवार करिब २५ हजार दर्शकले महोत्सवको अबलोकन गर्ने आयोजक ले अपेक्षा लिएको छ । त्यस्तै प्रचारप्रसार संयोजक सुनिल रेग्मिका अनुसार नृत्य प्रतियोगिताको मेगा राउन्डको लागि पनि शुक्रवार प्रतियोगिता हुने छ ।

मेलाको नवौं दिन सम्म आइपुग्दा सबै भन्दा बढी दर्शक बुधबार रहेको आयोजकका अध्यक्ष नन्द बुढाले बताए। बुढाका अनुसार बिहिवार करिव २० हजार भन्दा बढि दर्शकले महोत्सवको अवलोकन गरेका थिए । भोलि पनि स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने महोत्सव माघ ८ गते सम्म सन्चालन हुने आयोजकले जनाएको छ।