स्कुले विद्यार्थीद्वारा आठौं राष्ट्रिय खेलकुद सम्पन्न हुने खेलमैदान अवलोकन

नेपालगन्ज,चैत्र,२०-
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण भएका भौतिक पूर्वाधारको स्कुले विद्यार्थीले अवलोकन गरेका छन् ।

आठौँ राष्ट्रिय प्रतियोगिताका लागि निर्माण भएका भौतिक पूर्वाधार अवलोकन गर्न योग्य भएपछि स्कुले विद्यार्थी अवलोकनका लागि नेपालगन्ज रंगशाला आएका हुन् ।

बार्षिक परीक्षा सकिएकोले थप सिकाईका तल्लो कक्षाका विद्यार्थीलाई नेपालगन्ज रंगशालामा निर्माण भएको फिल्ड एण्ड ट्रयाक, भिआइपी प्यारापिट, कवर्ड हल, स्विमिङ पुल, ब्यूटीयार्द, भारोत्तोलन, सुटिङ एकेडेमी लगायत संरचनाको अवलोकन गराएको अरुणोदय मावि, खजुराका प्रिन्सिपल ऋषिकेश जिशीले बताए ।

प्रतियोगिता संचालन भएको बेला विद्यार्थीले भौतिक पूर्वाधार र खेल मैदानको अवलोकन गर्न नपाउने भएकोले प्रयोगात्मक ज्ञान दिनका लागि नेपालगन्ज रंगशालाको अवलोकन गराएको उननको भनाई छ । एक दिनअघि अवलोकन गरेर फर्किएका शिक्षकले अवलोकन गर्न लायक भएको बताएपछि विद्यार्थीलाई पनि अवलोकन गराएको उनले बताए ।

अवलोकन गर्न आएका विद्यार्थीले रंगशाला अति सुन्दर देखिएको र रंगशालामा रोमिएको दुवो, भिआइपी प्यारापिट, फिल्ड एण्ड ट्रयाक देखेर रमाएको प्रतिक्रिया दिए । अवलोकनका लागि अरुणोदय माविका झण्डै एक सय ५० विद्यार्थी अवलोकनका लागि नेपालगन्ज रंगशाला आएका थिए ।