फुकुओका,जापान,भाद्र,७-

चौंथो समर कपको उपाधी खुकुरी एफसीले हात पारेको छ । श्री गणेश खुकुरी एफसीको आयोजनामा भएको चौंथो समर कप फुटसल प्रतीयोगीता २०१९ को उपाधी आयोजक टिम श्री गणेश खुकुरी एफसीलाई ३-२ ले हराउदै उपाधी जितेको हो ।
खेलको अन्तीम समय सम्म एक एक गोलको बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा परिणत भएको थियो । जित संगै खुकुरी एफ सी ले ३ लाख जापानीज येन सहित ट्रफि मेडल पुरस्कार प्राप्त गरेको छ ।
यस्तै आयोजक टिमले दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।दोस्रो स्थानमा चित्त भएको आयोजक टिम श्री गणेश खुकुरी एफसीले १ लाख ५० हजार येन ट्रफि मेडल हात पारेको छ ।

यस्तै चौथो समर कममा सिजुका एफ सी तेस्रो भएको छ । तेस्रो भएसंगै सिजुका एफसीले ट्रफि मेडल प्राप्त गरेको छ,भने अर्को वर्षको समर कप प्रतीयोगीतामा सिजुका एफसीलाई दर्ता शुल्क लाग्ने छैन् । प्रतीयोगितामा १६ वटा टिमले सहभागीता जनाएका थिए ।

अपडेट…….