धनगढी,पुस,२३-
कैलालीको धनगढी रंगशालामा शुक्रबारबाट शुरु भएको खप्तड गोल्डकप फुटबल प्रतीयोगितामा संकटा क्लव विजयी भएको छ । आज भएको उत्साह जनक खेलमा संकटा क्लवले धरान फुटबल क्लवलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको हो ।

जितसँगै संकटा क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको निर्धारित् समयमा दुवै टिमले बराबरी खेलेपछी पेनाल्टी भएको थियो ।
आज भएको खेलको ‘म्यान अफ द म्याच’ संकटा टिमका गोलकिपर बिनय श्रेष्ठ घोषित भएका छन् । खेल जारी छदै पेनाल्टी सुटआउट पाएको धरानको पहिलो प्रहारलाई उनले रोकेका थिए ।

१२ ओटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले नगद ११ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।