डाईनामिक युथ क्लवले गर्‍यो तिज कार्यक्रम संगै बाढी पिडितलाई राहत संकलन

कोहलपुर,साउन,३०-

श्री कृष्ण जन्मअष्ठमिको शुभ अवसर पारेर डाईनामिक युथ क्लवले तिज विशेष कार्यक्रम तथा बाढी पिडित लाई राहात संकलन कार्यक्रम सम्पन्न गरेको छ ।

डाईनामिक युथ क्लवद्वारा आयोजीत तिज कार्यक्रम

जसबाट उठेको सम्पुर्ण रकम छिट्टैनै बाढी पिडित समक्ष पुर्‍याउने डाईनामिक युथ क्लबका अध्यक्ष भुवन भट्टराईले जानकारी दिनुभयो  ।

कार्यक्रम कोहलपुर ३ मदनचोक बाँकेमा सोमबार सम्पन्न भएको थियो । उक्त कार्यक्रम मा झन्डै ५०० जना महिला दिदी बहिनिको सहभागिता रहेको थियो ।

डाईनामिक युथ क्लवद्वारा आयोजीत तिज विशेष कार्यक्रम

उक्त कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सम्पुर्ण र बाढी पिडितका लागि सहयोग गर्नुहुने सहयोगी दाताहरु लाई डाईनामिक युथ क्लवले धन्यवाद समेत दिएको छ ।