नेपाल मगर संघ क्युसु जापानले बाढीपिडितलाई आपत्कालिन राहतकोष संकलन गर्ने

मिलन मगर/
फुकुओका जापान,साउन,३१-

मुलुकका विभिन्न भागमा गएको भिषण बाढी र पहिरोबाट भएको क्षतिको सहयोगार्थ जापानको फुकुओकामा विभिन्न सङ्घसंस्थाले राहत सङ्कलन जारी राखेका छन् ।

यसैक्रममा नेपाल मगर संघ क्युसु जापानले पनि बाढी पहिरोमा परी विस्थापित भयकाहरुलाई सहयोगका लागि फुकुओकामा ब्यापक राहत संकलन गर्ने भएको छ। जापानको क्युसु क्षेत्रमा बिभिन्न भिषामा गरी झन्डै सात हजार नेपालीहरु रहेका छन् ।

नेपाल मगर संघ क्युसुले फुकुओका शहरको बिभिन्न स्थानबाट एकै साथ नेपालमा भैईरहेको घट्नालाई ब्यानर मार्फत प्रत्यक्ष देखाएर सहयोग संकलन गर्ने भएको हो । सोही सहयोगको लागि सम्पूर्ण क्युसु बासी नेपालीलाई अपिल समेत गरेको छ।

देशका विभिन्न ठाउँमा बाढीपहिरोमा परी ज्यान गुमाउने र धनजनको क्षति भएकाहरुलाई राहत दिनका लागि आफूहरुले जापानको फुकुओका शहरमा राहत संकलन गरी केही भएपनि पीडितलाई राहत पुर्याउने उद्देश्यले मानवीय धर्मका आधारमा राहत संकलन गरिएको नेपाल मगर संघ क्युसु बासिको भनाइ छ ।

सङ्घले कोष स्थापना गरी उक्त कोषबाट सोही रकम बराबरको आवश्यक खाद्यान्न, औषधि एवम् आपतकालीन सामान नेपाल मगर संघको केन्द्रिय कमिटिको समन्नय गरी बाढीपिडितलाई हस्तान्तरण गर्ने नेपाल मगर संघ क्युसुका महासचिब रोजिन थापा मगरले जानकारी दिनुभयो ।