सिन्धुपाल्चोक पहिरोमा परी २ को मृत्यु, १८ जना अझै बेपत्ता

फाईल तस्विर !

काठमाडौं,असार,२५-सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोसीमा पहिरो जाँदा ठूलो जनधनको क्षति भएको छ।बाह्रबिसेमा पहिरोमा परेर डेढ वर्षीया छोरी निउना बस्नेत र उनका बुबा २० वर्षीय निकेश बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाह्रबिसेमा ४ र भोटेकोसीमा २ जना घाइते छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर छ। सिन्धुपाल्चोक माधवकृष्ण बस्नेत, सुवेश तामाङ, सविता बस्नेत तामाङ, मिङमा तामाङ घाइते छन्। भोटेकोसीमा फुर्वा तामाङ र उनकी १० दिनकी छोरी घाइते छन्।

भोटेकोसी ५ का निमदोर्जे तामाङ, मन्जु तामाङ, पासाङ नुर्पु तामाङ, साहिल तामाङ बेपत्ता छन्। बाह्रबिसे ५ का १६ जना बेपत्ता छन्। प्रहरीका अनुसार बेपत्ता हुनेमा भीम बहादुर वाइवा, चिनमाया वाइवा, लिलामाया वाइबा, पासाङ डोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाला वाइबा र जनकबहादुर थिङ छन्।

यस्तै सबिना तामाङ, आकास तामाङ, हिमेश शर्मा, आकास केसी, तोकबहादुर तामाङ, युक्त कुमार तामाङ, सुरेश तामाङ, सलिनि तामाङ बेपत्ता रहेको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ।