सामुदायिक रेडियो बुढीनन्दा कोल्टीले परिक्षण प्रशारण सेवा सुरु

 रमित बि.क.रेडियो पौरखी,

बाजुरा,जेठ ११-
सुचना र समृद्धिको आवाज भन्ने मुल नाराका साथ बाजुराको कोल्टीमा स्थापित सामुदायिक रेडियो बुढीनन्दा ९६.५ मेगाहर्जले आजबाट आफ्नो परिक्षण सेवा सुरु गरेको छ ।

उत्तरी क्षेत्रका नगरपालिका र गाउँपालिकाका स्थानियहरु सुचनाको पहुँच भन्दा बाहिर रहेको र अब सुचना सम्प्रेषण गर्ने सहज हुने रेडियोका स्टेशन मेनेजर नहकुल जोशीले बताउनुभएको छ ।

रेडियोले माथिल्लो क्षेत्रमा पहिलो पटक सञ्चार सेवा पुर्याउन सफल हुनुका साथै समग्र नागरिकमा सञ्चारको पहुँच नभएकाले रेडियोको स्थापना गरिएको रेडियो सञ्चालक समिति सचिव अनिल शाहीले बताउनुभएको छ ।

रेडियो बाजुरा लगायत हुम्ला,जुम्ला,कालीकोट र मुगुका केही स्थानमा रेडियो सेवा पुगेको बताईएको छ ।