नेपाली काँग्रेस बुढीनन्दा नगरपलिकाको चुनावी प्रचार प्रसार कार्यक्रम सुरु

रमित बि. क,

बाजुरा,जेठ,११-

नेपाली काँग्रेस बुढीनन्दा नगरपालिकाको चुनावी प्रचार प्रसार कार्यक्रम आजबाट सुरु भएको छ । यही जेष्ठ ३१ गते हुन गईरहेका दोस्रो चरणको स्थानिय तहको निर्वाचनलाई केन्द्रित गदै सञ्चालन गरिएको हो ।

आज कोल्टीहुदै नरु लगायतका केही स्थानमा कार्यकर्ता संग भेटघाट तथा प्रशिक्षण गरिएको बिद्यार्थी नेता रविन्द्र रोकायाले जानकारी दिनुभएको छ ।बुढीनन्दा नगरपालिाकामा यस अघि नै मेयर र उपमेयरको टुंगो लागीसकेको छ ।

कार्यक्रममा नेपाली काँग्रेसमहाधिबेस प्रतिनिधि एवं मेयरका उम्मेदवार पदम बहादुर गिरी र उपमेयर रिता शाही लगायत नेता तथा कार्यकर्ताहरु रहेका छन् ।