साढे ३३ किलो सुनकाण्डका मुख्य अभियुक्त श्याम खत्रीद्वारा आत्मसमर्पण

विराटनगर,जेठ,१७-

साढे ३३ किलो सुन प्रकरणका फरार अभियुक्त प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी श्याम खत्रीले मोरङ जिल्ला अदालतसमक्ष आत्मसमर्पण गर्नु भएको छ । 

सो काण्डका मूख्य अभियुक्त मानिएका खत्रीले यसअघि पनि ३३ किलो सुन प्रकरणमा पक्राउ परी अदालतबाट सफाई पाउनु भएको थियो ।

साढे ३३ किलो सुन प्रकरणमा यसअघि पक्राउ परेकालगायत मूख्य अभियुक्त मानिएका गोरेले सुनकाण्डका मूख्य अभियुक्त श्याम खत्री नै भएको बयान दिएका थिए ।

३३ किलो सुन काण्डबाट सफाई पाएपछी नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा हाजिर भइसकेका थिए ।

फेरी साढे ३३ किलो सुनकाण्डमा नाम मुछिएपछी फरार रहेका खत्रीले आत्मसमर्पण गरेलगत्तै उनीमाथि थप अनुसन्धान थालिएको छ ।

अहिले अदालतमा बयान भइरहेको छ । खत्री बेपत्ता भई सम्पर्कमा नआएपछि प्रहरीले खोजिका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मार्फत् डिफ्यूजन नोटिस नै जारी गराएको थियो । ईमेजखबरबाट