बैजापुरमा स्वास्थ्य परिक्षणका लागि डाक्टर सहित १ सय जना स्वास्थ्यकर्मी परिचालन

बाँके,फागुन ६-बाँकेको राप्तीपारी बैजापुर ९ धामपुरमा सर्वसाधारणको स्वास्थ्य परिक्षणका लागि ८ जना डाक्टर खटाईएको छ । स्वास्थ्य परिक्षणका लागि डाक्टर सहित १ सय जना स्वास्थ्यकर्मी टोली त्यहाँ पुगेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा बिहिबार र आज शुक्रबार टोलीले सर्वसाधारणलाई सेवा दिने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काले बताउनुभयो ।

क्षेत्रीय स्वास्थ्य  निर्देशक रिता जोशी भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसद देवराज भारले १ सय ८ वर्षिय जेष्ठ नागरिक दलबिर खड्कालाई सेवा कार्ड दिएर कार्यक्रम उद्घाटन गर्नुभएको थियो । स्

वस्थ्य शिविरमा आँखा ,नाक,कान घाँटी,दन्त परिक्षण,हाडजोर्नी चर्म तथा यौनरोग मानसिक स्वास्थ्य ,बाल तथा स्त्री तथा प्रसुती सम्बन्धी परिक्षणका साथै स्वास्थ्य सम्बन्धी परिक्षणका साथै स्वास्थ्य सम्बन्धी परामर्श दिने बताईएको छ ।

साथै थारु समुदायमा ब्याप्त रहेको सिकलसेलका बिरामीहरुको रगत परिक्षण गरी उक्त समुह पत्ता लगाउनुका साथै अपागंता ब्यक्तीहलाई कृत्रिम सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको कार्यालयले जनाएको छ ।