यात्रु जाँच्दै हेल्थ डेस्क

इन्द्र कार्की
महेन्द्रनगर,बैशाख,९
आप्रवासी नेपाली तथा छिमेकी देश भारत र तेस्रो मुलुकवाट नेपाल भित्रिने यात्रुहरुको स्वास्थ्य जाँच गर्ने उदेश्य राखी नेपाल भारतको सिमा नाका गड्डाचौकीमा हेल्थ डेस्क सञ्चालनमा आएको छ । वाह्य मुलुकवाट विभिन्न किसिमका सरुवा तथा महामारीजन्य रोगहरु नेपाल भित्रिन नदिन तथा सरुवा र महामारीजन्य रोगहरुको समयमा नै उपचार गर्न यात्रुहरुलाई रोगहरु वारेमा परामर्श दिनका लागि डेस्क सञ्चालनमा आएको हेल्थ डेस्क गड्डाचौकीकी अ.हे.व. भुवनेश्वरी जोशीले वताइन् । हेल्थ डेस्क सञ्चालनमा आए पछि नियमित रुपमा सिमा नाका वाट नेपाल भित्रिने यात्रुहरुको स्वास्थ्य अवस्था वारे वुझने र रेकर्ड राख्ने काम भइरहेको छ । नेपाल भित्रिने यात्रुहरुको स्वास्थ्य जाँच वाट विभिन्न रोगहरुको निदान समयमा नै गर्न सकिन्छ साथै उक्त रोगहरु वारेमा विरामी यात्रुलाई समयमा नै उचित परामर्श प्रदान गर्दा रोग नियन्त्रण र रोकथाम गर्नमा ठुलो सहयोग पु¥याउछ ।

Health Gaddaनियमित १२ घण्टा सेवा दिइ रहेको डेस्कमा अढाई महिनाको अवधिमा झन्डै १५०० जनाको स्वास्थ्य जाँच गरिएको छ । भारत तथा अन्य मुलुकहरुवाट यात्रा गरि आउने यात्रुहरु विभिन्न ठाँउहरुवाट आउने तथा यात्राको क्रममा स्वस्थ खानपान र रहनसहन व्यवस्थापन नहुने हँुदा विभिन्न खालका सरुवा रोगहरु लाग्ने खतरा रहन्छ । गर्मि तथा वर्खाको समयमा देखापर्ने औलो (मलेरिया), टाइफाइड , झाडापखाला लगायत जिका, इवोला जस्ता महामारीजन्य रोगहरु नेपाल भित्रिन नदिन तथा स्वास्थ्य जाँच गर्दा देखा परेका विरामीहरुको लागि समयमा उपचार गर्नका लागि हेल्थ डेस्कले सहयोग गर्ने अ.न.मी. सुदिक्षा खरेलले वताइन् । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा संगको समन्वयमा जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुर द्धारा सञ्चालित २०७३ माघ महिनावाट आफनो नियमित स्वास्थ्य सेवा सुरु गरेको हेल्थ डेस्कमा चार जना स्वास्थ्यकर्मि कार्यरत रहेका छन् ।