डेगु र स्क्रब्स टाईफस रोग नियन्त्रण गर्न सरकारी कार्यालयहरुलाई अदातलको आदेश

बाँके, फागुन ११-गत कार्तिक महिनामा बाँके  र बर्दियामा देखा परेको डेंगु र स्क्रब्स टाइफस रोगलाई नियन्त्रण गर्न  सरकारी कार्यालयहरुलाई उच्च अदातल नेपालगंजले आदेश दिएको ४ महिना पश्चात मुद्दाको अन्तीम सुनवाई गर्दै आज बाँके र बर्दियाको सरकारी कार्यालयहरुको नाममा  प्रमादेशकको आदेश जारी गरेको छ ।

उच्च अदालत नेपलागंज इजलाशका न्यायधीशद्धय शेष राज शिवकोटी र रमेश राज भण्डारीको संयुक्त इजलाशबाट बाँके र बर्दिया जिल्लामा डेगु र स्क्राफटाईफसको महामारी फैल्न सक्ने गम्भीर अवस्थालाई ध्यानमा राखी विपक्षी मध्यका जिल्ला जन स्वास्थय कार्यालय बाँके र बर्दियाले जिल्ला प्रशासन कार्यालयहरुको सहयोग लिई सम्बद्ध सरोकारवाला निकायहरु संग सर्थक समन्वय गरी आवश्यक औषधी उपकरण समेत येथेस्ट आपूर्ति गराउने,स्टाक राख्ने,स्थानीय संचार मध्यमको सहयोग लिई जन चेतना कार्यक्रम अभियानका रुपमा संचालन गराउन आदेश दिनु भएको छ ।

यस्तै आदेशमा भनिएको छ, सबै कार्यक्रमहरुको व्यवहारिक रुपमा प्रभावकारी कार्यान्वयका लागि नेपाल सरकारबाट आर्थिक स्रोत जुटाउने र दुबै जिल्ला विकास समिति र उपमहानगर पालिका, नगरपालिका को सम्बन्धीत विषयमा रहेको रकम अधिकतम रुपमा परिचालन गर्न आदेश दिनु भएको छ ।

सम्बेदशील दुबै रोगको नियन्त्रणको हर सम्भाव प्रयास गर्न र रोगबाट प्रभावीत रोगीहरुको उपचारको समुचित प्रभावकारी प्रबन्ध मिलाई रोग फैल्न सक्ने वर्षायाम सुरु हुनु अघि नै नियन्त्रणमा कार्यहरु सुरु गर्न विपक्षहरुको नाममा आदेश जारी भएको छ ।तराई मानव अधिकार रक्षक संजाल ९थर्ड एलायन्स०का उप क्षेत्रीय प्रमुख मानव अधिकार अधिकृत आलम खानले सक्रमण तथा महामारी जसको रोकथाम जनचेतना औषधी उपचार व्यवस्था को माग गर्दै उच्च अदालतमा गत कार्तिक १८ गते मुद्दा दर्ता गराउनु भएको थियो ।

यस्तै उक्त मुद्दामा थर्ड एलायन्सका अधिवक्ता विश्वजीत तिवारी,उच्च बार एशोसेसन का अध्यक्ष बल बहादुर चन्द,अधिवक्ता केवल सिंह थारु, बसन्त गौतम, कृष्ण प्रसाद जैसी,सुनिल श्रेष्टले बहष गरेको मुद्दामा जिविस बाँकेका तर्फबाट अधिवक्ता लोक बहादुर शाह,भेरी अञ्चल अस्पताल विकास समितिका तर्फबाट बरिष्ठ अधिवक्ता भोला सिहं हमाल,सरकारी कार्यालयका तर्फबाट प्रयागदत्त जैसीले बहष गर्नु भएको थियो । उक्त रोगका कारण बाँके र बर्दिया १०० जना भन्दी संक्रणमीत भएका थिए ।