संविधान संशोधन प्रक्रिया अघि बढाउन नदिने एमालेसहित विपक्षी ९ दलको निर्णय

काठमाण्डौं,फागुन ११-नेकपा एमालेसहितका विपक्षी दलहरुले संविधान संशोधन प्रक्रिया अघि नबढाउन सरकारलाई आग्रह गरेका छन् ।सरकारले (आज)को व्यवस्थापिका–संसद बैठकबाट संविधान संशोधनको प्रक्रिया अघि बढाउने तयारी गरेपछि त्यसबारे धारणा बनाउन बसेको विपक्षी ९ दलको बैठकले प्रक्रिया अघि नबढाउन सरकारलाई आग्रह गरेको हो ।

प्रतिपक्षी दलहरुले संविधान संशोधनको प्रक्रिया अघि बढेपछि त्यसको परिणामलाई स्वीकार्नेरनस्वीकार्नेबारे मधेसी मोर्चाले स्पस्ट पार्नुपर्ने मागसमेत गरेका छन् । यस्तै, मधेसी मोर्चाले निर्वाचनमा जाने प्रतिबद्धता जनाए सबै विषयमा छलफल गर्न सकिने निर्णय पनि विपक्षी दलहरुले गरेको बैठकमा सहभागी एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो ।

यसअघि, आजै बसेको एमाले संसदीय दलको बैठकले संविधान संशोधन विधेयकका विषयवस्तुप्रति विरोध कायम रहेको भन्दै प्रक्रिया अघि नबढाउन आग्रह गरेको थियो । एमाले संसदीय दलले संसदबाट संविधान संशोधन प्रस्ताव पारित हुन नसक्ने निष्कर्षसमेत निकालेको थियो । साभार ईमेज खबरबाट