नेपाल ईन्जिनियर्स एशोसियसन नेपालगन्जद्वारा रक्तदान

के-पी-घिमिरे/
नेपालगन्ज,साउन,३-
अाफनो ५६ अौं ईन्जिनियरिङ वार्षिक उत्सवको उपलक्ष्यमा अाज नेपाल ईन्जिनियर एशोसियसन क्षेत्रीय केन्द्र नेपालगन्जले वृहत् रक्तदान कार्यक्रम गरेको छ ।

नेपाल रक्त सञ्चार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा ब्लड बैंककै कार्यालयमा उक्त कार्यक्रमको अायोजना गरिएको ईन्जिनियर बिबेक लामिछानेले बताउनु भयो ।

कार्यक्रममा नेपाल ईन्जिनियरिङ एशोसियसन क्षेत्रीय केन्द्र नेपालगन्जका अध्यक्ष ईन्जिनियर अोम सापकोटाको अध्यक्षता, बरिस्ठ सल्लाहकार ईन्जिनियर किरण बहादुर शाह प्रमुख अतिथि लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना अादान प्रदान पनि गरिएको र कार्यक्रम सञ्चालन ईन्जिनियर बिबेक लामिछानेले गर्नु भएको थियो । रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका र रक्तदान गर्नेमा सबै पुरुष रहेका कार्य समितिका सदस्य ईन्जिनियर नेत्र सापकोटाले जानकारी दिनु भएको थियो ।