बुगीवुगीको शीर्ष चारबाट बिदा भए रविन भुजेल

काठमाडौँ,साउन,५-

एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नृत्यसम्बन्धी अन्तर्राष्ट्रियस्तरको ‘डान्स रियालिटी शो बुगीवुगी’को टप फोरबाट रबिन भुजेल बाहिरिएका छन् । 

रबिन भुजेल

बुगीवुगीको टप थ्रीका लागि भएको प्रतिस्पर्धामा उत्कृष्ट नृत्यका बावजुद बिराटनगरका रविनको यात्रा सकिएको हो । रबिनको कलात्मक नृत्यकै कारण फ्यान र दर्शकहरको नजरमा समेत उनी प्रिय थिए । तर शुक्रबार राति टप थ्रीका लागि भएको नृत्यको कडा प्रतिस्पर्धामा रबिनको यात्रा टुंगिएको हो ।

दर्शकको भोट ५० प्रतिशत र निर्णायकहरुको ५० प्रतिशत नम्बरका आधारमा रबिन सबैभन्दा तल परेर बिदा भएका हुन् । अब टप थ्रीका प्रतिस्पर्धीका लागि आगामी बिहीबार साँझ आठ बजेदेखि शुक्रबार मध्यान्ह १२ बजेसम्मका लागि भोट गर्ने समय तोकिएको एपी वान टेलिभिजनले जनाएको छ । 

रविन बाहिरिएसँगै अब अन्तिम तीनमा कबिता नेपाली, प्रगति पुन र सरोज मोक्तानबीच प्रतिस्पर्धा हुनेछ । अघिल्लो साता टप फोरका लागि लागि भएको प्रतिस्पर्धमा सृष्टि महर्जन बाहिरिएकी थिइन् । अन्नपुर्णबाट