आज प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक बस्दै

फाईल तस्विर !!

काठमाण्डौं,माघ,११-आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आज (आइतबार) बस्दै छ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी कमिटी बैठक आज दिउँसो साढे १२ बजे पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।

यसअघि हिजो शनिबार पनि केन्द्रीय कार्यालयमा उपलब्ध स्थायी कमिटी सदस्यको अनौपचारिक बैठक बसेको थियो। बैठकमा गत शुक्रबार (माघ ९ गते) काठमाडौंमा आयोजित विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो।

आज थप एजेन्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गराएपछि नेकपाका दुई गुट औपचारिक रूपमै अलग भएका छन्।

प्रचण्ड–नेपाल पक्ष ओलीको कदमविरुद्ध चरणबद्ध आन्दोलनमा छ भने ओली समूह आफ्नो कदमको प्रतिरक्षामा रहेको छ।