टोकियोमा मगर समुदायले मनाए भुम्या पर्व

टोकियोमा मगर समुदायले मनाए भुम्या पर्व ।।
फाईल तस्विरमा : भुम्या पर्व मनाउदै मगर समुदाय

टोकियो,असार,९-जापानको टोकियोमा नेपाल मगर संघ जापानले एक अनौपचारिक कार्यक्रम गरि भव्यताका साथमा आज आईतबार  भुम्या पर्व मनाएको छ।जापानको राजधानी टोकियो स्थित कासाई रिन्काई पार्कमा भुम्या पर्व मनाएको हो। 

आज गरिएको भुम्या पर्व कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै नेपाल मगर संघ केन्द्रीय जापानका वरिष्ठ उपाध्यक्ष प्रेम प्रकाश रोका मगरले संसारभरी छरिएर बस्नु भएका आम मगर समुदायमा भुम्या पर्वको शुभकामना व्यक्त गर्दै,परा पुर्वकालदेखी चलिआएको यो रितिरिवाजलाई नयाँ आगन्तुक पिडीहरु समक्ष हस्तान्तरण गर्नु पर्ने र मगर समुदायको परम्परा अहिलेलेको पिडीलाई सिकाउनु पर्ने अपरिहार्य कार्य रहेको भन्दै मुलत:आजको भुम्य पर्वको अवसरमा यो कार्य गरेको र आगामी दिनमा पनि यस पर्वलाई विशेष पर्वको रुपमा मनाउने बताउनुभयो ।

यसैगरी:भुम्या पर्व कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित हुनु भएका एनआरएनए जापानका अध्यक्ष नबिन निउरेले आफ्नो शुभकामना मन्तव्यमा देश विदेशमा छरिएर रहेका सम्पूर्ण मगर समुदायलाई भुम्या पर्वको शुभकामना दिदै यस पर्वले विदेशमा रहेका सम्पूर्ण नेपालीलाई एक ठाँउमा ल्याउदै भाईचाराको सम्बन्धलाई अझ बढी भन्दा बढी प्रगाढ सम्बन्ध राख्ने र यसलाई संरक्षण गर्नु अति अपरिहार्य रहेको बताउनुभयो। 

यस्तै:नेपाल जनजाती महासंघ जापानकाका वरिष्ठ उपाध्यक्ष श्री गुरुङले सम्पूर्ण मगर समुदाय लाई भुम्या पुजाको शुभकामना व्यक्त गर्दै भुम्या पुजा सबै समुदायले मनाउनु पर्ने र यसको संरक्षण र प्रवर्धन गर्नु पर्ने कुरामा जोड दिनुभयो। 

यसैगरी:नेपाल मगर संघ जापानका अध्यक्ष तथा आजको भुम्या पुजाको सभापति रहनु भएका रामहरी खपांगी मगरले सम्पूर्ण देश विदेशमा छरिएर बस्नु भएका मगर समुदायलाई शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि यस पर्वलाई अझ भव्यताका साथ मनाउने र नेपाल मगर संघ जापान सधैव नेपाली कला संस्कृतिको जगेर्ना गर्न तल्लिन रहनु पर्ने विचार व्यक्त गर्नु गर्नुभयो।

साथै उहाँले जापानमा रहेका सम्पूर्ण मगर समुदायको जनगणना गर्नु पर्ने कुरामा जोड दिदै यसका लागी क्यूआर कोडको व्यवस्था गरेको र यसलाई जापानमा रहेका सम्पूर्ण मगर समुदायले स्क्यान गरि मतगणनामा सहयोग गरिदिन अपिल गर्दै यसले भावी दिनमा भैपरि आउने समस्या समाधान गर्न सहज हुने बताउनुभयो।

त्यसैगरी:आजको भुम्या पुजाको प्रमुख अतिथिमा एनआरएनए आईसीसीका उपाध्यक्ष रोबिन शेरचन रहनु भएको थियो भने बिशेष अतिथिमा एनआरएनए जापानका अध्यक्ष नबिन निउरे यस्तै नेपाल जनजाती महासंघ जापानका वरिष्ठ उपाध्यक्ष श्री गुरुङ,यसैगरी नेपाल सरकार अर्थ मन्त्रालयका उपसचिव श्रीस पुन मगरको उपस्थिति रहेको थियो। 

यसैविच:भुम्या पुजा कार्यक्रमको संचालक नेपाल मगर संघ जापानका महासचिव भिक्टर ठाडा मगरले गर्नु भएको थियो।कार्यक्रममा जापानको राजधानी टोकियो आसपास बस्ने २ सय भन्दा बढी मगर समुदायको उपस्थिति रहेको थियो।

विशेष:गरि देश विदेशमा रहेका मगर समुदायले भुम्या पर्व जेष्ठ मसान्त देखी अषाढ मसान्त सम्म यो पर्व मनाउदै आएका छन्।

भुम्या पर्वमा मगर समुदायले भूमिलाई देवताको रूपमा पुज्ने गर्छन्।यो पर्वमा भूमिको पूजा गरे प्राकृतिक विपत्तिबाट बच्न सकिने जनविश्वास रहेको छ। 

भुम्या पर्व पूजापाठ तथा नाचगान गरी मनाइन्छ।भुम्या थानमा देवतालाई बलि दिएर पूजा गरिसकेपछि लगातार पाँच दिनसम्म भूम्या नाच नाच्ने चलन पनि मगर समुदायमा रहेको छ।