भारत टि२० विश्वकपको च्याम्पियन

विराट कोहली र रोहित शर्माले लिए टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

फाईल तस्विर ॥

टोकियो,जापान,असार,१५-भारतले आइसिसी टि२० विश्वकपको उपाधि जितेको छ।

टि२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रो पटक उपाधि जितेको हो।

बार्बडसस्थित किंगस्टन ओभलमा भएको खेलमा भारतले जितका लागी दिएको १ सय ७७ रनको लक्ष्य दक्षिण अफ्रिकाले मात्र २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन बनाउन सक्यौ।

भारतको जितको लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए।५९ बल खेलेका उनले ६ चौका र दुई छक्का प्रहार गरे। 

अक्षर पटेल ४७ र शिवम् दुबे २७ रनमा आउट हुँदा हार्दिक पाण्ड्या पाँच रनमा अविजित रहे।अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्।यस्तै हार्दिक पाण्डेले ३ हर्षदिप र जस्प्रित भुमराहले समान दुई दुई विकेट लिए भने ,अक्षर पटेल,एक/विकेट लिए।

यस्तै दक्षिण अफ्रिकाका लागी काल्सनले २७ बलमा सर्वाधिक ५२ रन बनाए यस्तै डे ककले ३९ रन र मिलरले २१ रन जोडे भने अन्य ब्याटसम्यानहरुले दोहोरो अंक जोड्न सकेन् ।

त्यस्तै : केशब महराजा र एनरिर्च नोर्ट्जेले समान दुई विकेट लिए। मार्को जोन्सन र कागिसो रबाडाको नाममा एक/एक विकेट लिएका थिए।

स्मरण रहोस् : २००७ सालमा भारतले पाकिस्तानलाई ५ रनले हराउदै पहिलो पटक टि२० विश्वकपको उपाधी जितेको थियो।यस्तै २०१४ मा श्रिलंका संग पराजित हुदै भारत रनअरअप हुन सफल भएको थियो।

विराट कोहली र रोहित शर्माले लिए टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास ॥
फाईल तस्विरमा : विराट कोहली र रोहित शर्मा

यसैविच:भारतीय क्रिकेटर रोहित शर्मा र  विराट कोहलीले विश्वकप जितेर टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।भारतीय टोलीका कप्तान रोहित शर्माले विश्वकपको उपाधि जितेपछि टी-२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका हुन्।

खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी-२० विश्वकपको अन्तिम खेल आफ्नो टी-२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताउनुभयो।

रोहित शर्माले भने,’यो मेरो अन्तिम खेल पनि थियो।मलाई हरेक पल मनपर्यो।म यही चाहन्थेँ,म भारतलाई विश्वकप जिताउन चाहन्थेँ।’यद्यपि रोहित शर्माले भारतको टेस्ट र एकदिवसीय क्रिकेट खेल्न जारी राख्नेछन्।

त्यस्तै:भारतीय क्रिकेट टोली विश्व च्याम्पियन बनेपछि विराट कोहलीले पनि टी-२० अन्तर्राष्ट्रिय फर्म्याटबाट सन्यासको घोषणा गरेका हुन्।भारतीय टोलीले २० ओभरमा सात विकेट गुमाएर १७६ रन बनाएको थियो जसमा विराट कोहलीले ७६ रनको इनिङ खेलेका थिए।उनी खेलको प्लेयर अफ द म्याच चुनिएका थिए।

उहाँले भन्नुभयो, ‘हामी यो कप उठाउन चाहन्थ्यौं। हामीले हारेको भए मैले सन्या लिने घोषणा गर्ने थिए।अब अर्को पुस्तालाई पालो दिने समय आएको छ।टी-२० खेललाई अगाडि बढाउन लामो समय लाग्छ।