सुदुरपश्चिम सेवा समाज मलेसियाद्वारा गौरा पर्व मनाईयो

मलेसिया,भदौ,१९-

सुदुरपश्चिम सेवा समाज मलेसिया द्वारा आयोजित गौरा पर्व आईतबार एक कार्यक्रम गरी भब्य रुपमा मनाएको छ ।समाजका अध्यक्ष देब पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मलेसियामा गठित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत सुदुरपश्चिमेलिहरुको बाक्लो उपस्थितर हेको थियो।

मलेसियाको राजधानी क्वालालम्पुरमा स्थित उग्रतारा रेस्टुरेन्टको सभाहलमा भएको कार्यक्रममा स्थानिय कलाकारहरुले कार्यक्रम अवधिभर आफ्नो सुदुरपश्चिममा गुनगुनाउने लोक देउडा ठाडि भाका तथा देउडा खेलर भरपुर मनोरञ्जन दिएका थिए भने बेजोड प्रस्तुति पनि रहेको थियो ।

गौरा भने पछि अनौठो लाग्न सक्छ तर नेपाल सरकारले बाट मान्यता दिएको एक राष्ट्रिय पर्वत अझै भने हो भने सुदूरपश्चिमाञ्चलको धार्मिक एवं साँस्कृतिक पर्व हो । यो पर्वको पहिलो दिन बिरुडा पंचमीमा गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् ।

गौरापर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडा नै अक्षता र प्रसादका रूपमा प्रयोग हुन्छ । बिरुडा भिजाएको तेस्रो दिन महिलाहरूले सामुहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रति-मूर्ति बनाई गौराघरमा भित्र्याउँछन् ।

बिबिध धार्मिक अनुष्ठानका साथ गौरालाई गौराघरमा भित्र्याइ सकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजाआजा हुन्छ । यस पछि विसर्जन नगरिएसम्म गौराघर नजिकको चौरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।

अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक- आस्था र आपसी-सद्भाव बढाउन मद्दत पु-याउने मात्र नभई यस पर्बमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने तथा ईष्ट-कुलदेवता प्रसन्न हुने जनविश्वास छ । निख्रिदो झरिसंगै पन्चान्न ( पाँच अन्न )को बिरुडा उमारेर गौराको सांस्कृतिक यात्रा शुरु हुन्छ ।

भाद्र शुक्ल अष्टमी भन्दा अघि नै अगस्त उदय भएकोमा बाहेक सामान्यतया भाद्र शुक्ल पक्षमा यो चाड पर्दछ । गौरा एकादसि ( पुत्रदा एकादसि ) बाट नै यो पर्बका अनुष्ठान शुरु हुने भए पनि बिरुडा पञ्चमीदेखी भने प्रत्येक घर आगनमा गौराको रमझम आइसकेको हुन्छ । दसैको जमरा जत्तिकै गौराको बिरुडालाइ पनि सौभाग्यसुचक मानिन्छ ।

कैलाशपतिकी अर्धांगिनि एबम् हिमालयकी पुत्री पार्बती यो गौरा पर्बको अबसरमा माइत आउछिन भन्ने बलियो जन बीश्वास छ । वास्तवमा हाम्रो देश सीता र पार्बतिको माइति देश पनि हो । प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुन ले भृगुवंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणहरू मारिदिए पछि विधवा भएकी

ब्राह्मणीहरूले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरूप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरेपछि सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नु परेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा यो पर्व मनाउन थालिएको भन्ने भनाइ आम सबैको रहेको छ ।

यहि अवसरमा आफ्नो कला र संस्कृतिको संरक्षण,एवम प्रचारप्रसारका लागि गौरा पर्व बिगत केहि बर्ष बाट मनाउदै आएको समाजका अध्यक्ष देब पाण्डेले बताएका छन् साथै यो उहाले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भुमिका खेल्नु हुने सुप सेवा समाजका सकृय सदस्य सहित सम्पूर्ण सुप बासी दाजु भाइ दिदि बहिनि तथा उपस्थित विभिन्न संघ-सस्था ,बुद्धिजिबि ,पत्रकार लगायत सम्पुर्ण हार्दिक धन्यवाद समेत दिनु भएको छ ।