दाङमा जुवा खेल्ने गिरोह माथी कार्वाही तिब्र

दाङ,भदौ,१८-

दाङमा प्रहरीले जुवा खेल्ने गिरोह माथी कार्वाहीलाई तिब्र बनाएको छ । चाडपर्ब आउदै गर्दा रमाईलोका नाममा जुवाको धन्दा नै चलाउनेलाई दाङ प्रहरीले दैनिकजसो पक्राउ गर्दै आएको छ ।

यसैक्रममा ववई गाउपालीका वडा नम्बर ६ चिसा पानी गाउँबाट २ लाख ७८ हजार ९ सय १५ रुपैया नगद सहित ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । सादा पोषाकमा खटिएका ई प्र काका र जि प्र काका प्रहरीले अशोक डागीको घरमा जुवा खेलिरहेका ८ जना लाई पक्राउ गरेको ई प्र का तुलसीपुरले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका जुवाडेलाई कार्वाही प्रकृया सुरु गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाकारी दिएको छ ।ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पक्राउ पर्नेमा विनोद गिरी,मिनु गिरी,डिल बहादुर घर्ति,विजय बुढा,सोवेन्द्र देवकोटा,खिम बहादुर रावत,प्रकाश डागी र राम बहादुर भण्डारी रहेका छन ।

उनिहरुको साथबाट तास,कौडा सहित ७९ हजार ४ सय ७० रुपैयाँ नगद बरामद गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाकारी दिएको छ ।सादा पोषाकमा खटिएका प्रहरीले जुवा खेल्ने, लागु औषध प्रयोग गर्ने र होटलमा यौन धन्दा चलाउनेलाई पक्राउ गर्दै आएको छ ।