त्रिभुवन विमानस्थलमा विमान दुर्घटना : १४ जनाको उद्दार

काठमाण्डौं,फागुन,२८-

त्रिभुवन विमानस्थलमा आज दिउँसो अवतरणका क्रममा विमान दुर्घटनामा परेको छ। बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको हो ।

दुर्घटना भएको विमानमा रहेका  १४ जनाको उद्दार गरिएको छ । दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ ।

उक्त विमान त्रिभुवन विमानस्थमा अवतरणका क्रममा दुर्घटना भएको बताइएको छ। दुर्घटनापछि विमानमा आगो लागेको र अहिले विमानस्थलमा ठूलो धुवाँको मुस्लो देखिएको र विमान अनीयन्त्रीत भएर आएको प्रत्यक्ष दर्शीले बताएका छन्।

विमानमा लागेको आगाे दमकलले निभाउने प्रयास गरेको छ । तर आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । अहिले उद्दार कार्य जारी छ ।१४ जनाको उद्दार गरी अस्पताल पठाइएको छ ।विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए । विमान दुर्घटनापछि उडान तथा अवतरण रोकिएको छ ।