विमान दुर्घटनाको कारण : गलत दिशाबाट अवतरण

विमानमा रहेका ७१ मध्ये ३० घाईतेको उद्धार

काठमाण्डौं,फागुन,२८-

त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको युसएस बंगलाको जहाज गलत दिशातर्फबाट अवतरण गर्न खोज्दा दुर्घटनाग्रस्त भएको जानकारी सरकारी अधिकारीहरुले दिएका छन्।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले दिएको जानकारी अनुसार सो जहाज विमानस्थलको दक्षिणतर्फ कोटेश्वरबाट अवतरण गर्न लाग्दा समस्या आए पछि उत्तरको गुहेश्वरीबाट अवतरण गर्न खोजेको थियो।

यसरी अर्कै दिशाबाट अवतरण गर्न खोज्दा पाइलटले ब्यालेन्स गर्न नसके पछि विमान दुर्घटना भएको विमानस्थल क्षेत्रीले जानकारी दिनुभयो ।

यसैविच : दुर्घटना ग्रस्त विमानबाट ३० भन्दा बढी यात्रुको उद्धार गरिएको छ। सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा मात्रै १७ जना घाइते उपचारका लागि पुर्याइएकाे र अन्य यात्रलाई काठमाडौँका अरू अस्पतालहरुमा पठाइएको छ।

विमान दुर्घटनाका घाइतेको चापका कारण केएमसी अस्पताल अस्तव्यस्त बनेको अस्पतालले जनाएको छ। घाइतेहरुलाई आकस्मिक कक्षमा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ। घाइतेमध्य केहीको अवस्था गम्भीर रहेको समेत अस्पतालले जानकारी दिएको छ। विमानमा ६७ जना यात्रि र ४ जना चालक दलका सदस्य गरी ७१ जना थिए।