१ अर्ब ७१ करोड लागतमा नेपालगन्जका सडकहरु निर्माण गरिने

मधु पौडेल
बाँके,बैशाख,२२
१ अर्ब ७१ करोड लागतमा नेपालगन्जका सडकहरु निर्माण गरिने भएको छ । एशियाली विकास बैंकको अनुदान सहयोगबाट बाकेका ४० वटा सडकहरु निर्माण हुने भएका हुन् । सडकसगै नाला समेत निर्माण गरिने भएको छ । १० दिनभित्रै सडकका लागि ठेक्का गर्ने प्रक्रियामा जाने तथा सडक तथा नाला निर्माणका लागि सडक क्षेत्रफल छाड्नका लागि सूचना समेत जारी गरेको र नगरका ४० स्थानमा ४३ किलोमिटर बढी सडक तथा नालाहरु निर्माण गर्न लागिएको जानकारी नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर शैलेन्द्र महर्जनले दिनु भएको छ ।images

नेपालगन्ज उपमहागनरपालिकाले भित्री सडक तथा ढलहरु निधारित मापदण्ड अनुरुप बनाउन सडक तथा नाला, ढल क्षेत्रफलमा बनेको घर तथा भौतिक संरचना हटाउन २१ दिने सूचना जारी गरिसकेको छ । तोकिएको समयमा संरचना नहटाएमा उपमहानगरपालिका आफैले हटाउने जनाकारी उपमहानगरपालिकाको सूचनामा उल्लेख छ, ‘उपमहानगरपालिकाले संरचना हटाउदा लागेको खर्च समेत सम्बन्धित जग्गा, घरधनीबाटै असुल गरिनेछ ।’ उपमहानगरपालिकाले सडक क्षेत्रफलको चिन्ह समेत लगाइसकेको छ । ईन्जियर महर्जनका अनुसार टेण्डर स्वीकृत भएसगै धमाधम निर्माणको काम सुरु हुनेछ । उपमहानगरले तोकेको समयमा जग्गाधनीले आफै संरचना हटाइदिने हो भने काम छिटो सुरु गर्न सकिन्छले ६ मिटर देखि १६ मिटरसम्मका सडक बनाइने जानकारी दिएका छन् ।