सुर्खेतमा रगतको चरम अभाव,आपूर्तिभन्दा माग बढी

सुर्खेत,जेठ,४-कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रगतको चरम अभाव भएको छ ।

कोरोना महामारीको दोस्रो लहरका कारण संकलन कार्य नहुँदा रगतको अभाव भएको छ । आपूर्तिभन्दा खपतको अनुपात धेरै भएकाले समस्या भएको हो ।

सुर्खेतमा रहेको सुर्खेत ब्लडबैंकमा रगतको अभाव भएको छ । नेपाल रेडक्रस सुर्खेत शाखाले सञ्चालन गरेको सुर्खेत ब्लडबैंकमा रगतको अभाव भएको हो ।

कोभिड–१९ को दोस्रो लहरका कारण लामो समयदेखि रक्तदान कार्यक्रम नभएकाले रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुँदा जटिल समस्याका विरामीले दुःख पाउने गरेको गरेका छन् ।

आफ्नो वुवाको जटिल समस्यामा तत्काल आवश्यक रगत कतै नपाएको कालिकोटबाट उपचारका लागि सुर्खेत आएका प्रेम प्रकाश हमालले गुनासो गर्नु भयो ।

कोभिडका कारण रक्तदानका कार्यक्रम हुन नसकेको र पुरानो मौज्दात रगतसमेत सकिएकाले सुर्खेत ब्लडबैंकले माग अनुसार रगत उपलब्ध गराउन सकेको छैन ।

सुर्खेत ब्लडबैंकका इन्चार्ज देपेन्द्र केसीले अहिले रक्तदानका कार्यक्रम गर्ने अवस्था नभएको तर रगतको माग भने दैनिक रुपमा बढेका कारण समस्या भएको बताउनु भयो ।

कोभिडका कारण रक्तदान कार्यक्रम गर्ने अवस्था नभएपछि अहिले व्यक्तिगत रुपमा दाताहरुलाई रक्तदानका लागि बोलाउने गरिएको छ ।

हाल ए पोजिटिभ २ पिन्ट, ओ पोजेटिभ ६ पिन्ट र वि पोजेटिभ २ पिन्ट, ओ नेगेटिभ २ पिन्ट स्टक रहेको छ भने एवि ग्रुपको रगत छैन ।

विगतका महिनामा पनि २ सय पिन्ट ब्लड माग हुँदा १ सय पिन्ट ब्लड मात्र आपूर्ति हुँदै आएको थियो ।