पाच नम्बर प्रदेश स्तरिय भबन बनाउन लमही नगरबिकाश समितिले जग्गा दिने

रोशन घर्त्ती,

लमही,मंसिर,२-

 

सामुदायिक रेडियो प्रसारक सघको पाच नम्बर प्रदेश स्तरिय भबन निर्माणका लागी लमही नगरबिकाश समितिले प्लानिङ क्षेत्रमा जग्गा प्रदान गर्ने भएको छ । लमही नगर बिकास समितिको हिजो सम्पन्न बैठकले पाच नम्बर प्रदेशको राजधानि दाङलाई बनाउने पहल भैरहेकोबेला सामुदायिक रेडियो प्रसारक सघ प्रदेश नम्बर ५को कार्यालय स्थापनाको लागी जग्गा दिने निर्णय गरीएको लमही नगरबिकाश समितिका अध्यक्ष घनश्याम सुबेदीले जानकारी दिनुभएको छ ।

उहाका अनुसार समितिको बोर्डबैठकले प्रदेश स्तरिय कार्यालय भबन निर्माका लागी सामुदायिक रेडियो प्रसारक सघ अकोराबले माग गरे बमोजिम लमही नगरबिकाश समितिको प्लानिङ क्षेत्रमा १५धुर घडेरी न्युनतम दररेटमा दिने निर्णगरेका छौ समितिका अध्यक्ष घनश्याम सुबेदीले भन्नुभयो ।

सामुदायिक रेडियो प्रसारक सघ प्रदेश नम्बर ५को भबन निर्माणका लागी जग्गा स्वामित्व हस्तान्तरण गर्न सम्बन्धित मन्त्रालयमा स्विकृतिका लागी अनुरोध गर्ने निणय पर्नि गरेको छ । यस अघि सामुदायिक रेडियो प्रसारक सघको प्रदेश नम्बर ५ को गत चैत्र ११ गते सम्पन्न प्रदेश स्तरिय भेलाका सहभागिहरुले प्रदेश नम्बर ५को कार्यालय भबन निर्माणका लागी जग्गा प्रदान गर्न लमही नगरबिकाश समितिलाई अनुरोध गरेको थियो ।