खाद्य अधिकार व्यवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम नेपालगंजमा

मधुपौडेल,
बाँके,फागुन ३-बाँच्न पाउने अधिकारको अधार खाद्य अधिकार भन्ने सम्वन्धको सन्दर्भ जोड्दै खाद्य अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रारम्भीक मसौदा उपर सुझाव संकलन गर्ने सम्वन्धमा सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रम नेपालगंजमा भएको छ  । फियन नेपाल र राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यलय नेपालगंजको आयोजनमा उक्त अन्तरक्रिया भैरहेको कुरा फियनका क्षेत्रिय संयोजक सुरेश  गौतमले जनाकारी दिनु भएको छ ।

अन्तरक्रिया कार्यक्रममा स्थानिय राजनितिक दलका प्रतिनिधि , विभिन्न संस्थाका प्रतिनिधि र वकील पत्रकारहरु लगाएतको उपस्थिति रहेको जनाकारी क्षैत्रिय संयोजक गौतमले जानकारी दिनुभयो । अघिल्लो वर्षको प्रवेशिका परीक्षामा कमजोर नतिजा देखिएका ११ माविका  रोल्पामा नतिजा स’धारका लागि यस वर्ष स्वयम्सेवक शिक्षक परिचालन गरिने भएको छ ।

खाद्य अधिकार व्यवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम नेपालगंजमाजिल्ला शिक्षा समिति रोल्पा को हालै बसेको बैठकले यस्तो निर्णय गरेको हो । कमजोर नतिजा ल्याउने विद्यालयमध्ये अधिकांशका अङ्ग्रेजी, गणित र विज्ञान विषय कमजोर देखिएकाले अब हुने माध्यमिक शिक्षा परीक्षा(एसइइ)मा ती विषयको नतिजा स’धारका लागि यस्तो निर्णय गरिएको जिल्ला शिक्षा समितिले बताएको छ ।

स्वयम्सेवाका रुपमा अध्यापन गर्न चाहने योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरी इच्छुक व्यक्तिलाई परिचालन गर्ने गरी तयारी गरिएको बताइएको छ । स्वयम्सेवक शिक्षकका रुपमा मानवीय तथा आर्थिक सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई पनि सहयोग आह्वान गरिएको रोल्पाका जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो ।