६ वर्षिय वालिका को वलत्कार पछि शव फेला

अराज सिंह वेल्वासे ,

कपिलवस्तु,फागुन, ३-कपिलवस्तु शिवराज नगरपालिका १० चन्द्रौटा प्रगतिटोल वस्ने शोभाखर अधिकारीकि ६ वर्षिय छोरी सिता अधिकारी को शब फेला परेको छ । सोमवार साझ ७ वजे घरमा खेल्दै गरेको अवस्था पछि हराएकि वालिकाको मङगलवार विहान चन्द्रौटा सशस्त्र प्रहरि गण को पछाडि जवाई खोलामा शव फेला परेको थियो  ।

वालिकालाई वलत्कार गरि खोलामा गाडेको हुन सक्ने प्रहरीको अनुमान छ । विगतका दिनमा पनि यसै ठाउमा शसस्त्र प्रहरी द्धारा एक महिला वलत्कृत भएकि थिईन । चन्द्रौटावासिहरुले यस क्षेत्र दिन प्रतिदिन असुरक्ष्ँितको महशुस गरेका छन । सशस्त्र प्रहरी गण भन्दा १०० मिटर उत्तरमा यस्तो घटना हुनु लज्जास्पद रहेको स्थानियको भनाई छ ।

वडा प्रहरि कार्यलय चन्द्रौटाका अनुसार घटनाको वारेका अनुसन्धान भइरहेको र छिटो भन्दा छिटो अपराधिलाई कानुनि कारवाहिको दायरामा ल्याउने वताएको छ  । घटनाले चन्द्रौटा क्षेत्र स्तब्ध भएको छ। स्थानियले अपारधिलाई उम्कन नदिन प्रशासनलाई दवाव समेत दिएका छन । अहिले बिभिन्न महिला समुह बिद्याथी स्थानिय हरुले सडक अबरोध बिरोध गरिरहेका छन ।