कम्युनिष्टको सरकार बनाउने दिवा सपना मात्रै हो : काँग्रेस नेता आर्चाय

‘राष्ट्रपतीय प्रणाली आए कांग्रेसले आन्दोलनबाटै प्रतीकार गर्छ

बिराटनगर,कात्तिक,१८-

काँग्रेस नेता महेश आचार्य

नेपाली कांग्रेसका नेता महेश आर्चायले कम्युनिष्ट वर्चश्वको सरकार बनाउने कल्पना दिवा सपना मात्रै भएको बताउनु भएको छ ।  नेता आर्चायले यदि वाम गठवन्धनको नेतृत्वमा सरकार बनीहाले पनि उनीहरुले राष्ट्रपतीय प्रणाली ल्याउन खोजेमा कांग्रेसले त्यसविरुद्ध आन्दोलन गर्ने बताउनुभयो ।

बिराटनगरस्थित आफ्नै निवासमा शनिबार बिहान पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता आर्चायले आगामी सरकार कम्युनिष्टहरुको बन्न नसक्ने दाबी गर्नुभयो । आर्चायले एमाले र माओवादी पार्टीले निर्वाचनपछि वहुमत ल्याएर सरकार बनाउने र राष्ट्रपतीय प्रणालीमा मुलुकलाई लैजाने योजना बनाएको आचार्यको दाबी छ । 

आचार्यले भन्नुभयो ‘उनीहरुको योजना मुलकमा साम्यवादी शासन ल्याउने नै छ, तर उनीहरुको त्यो सपना कांग्रेसले पूरा हुन दिने छैन । पूर्वअर्थमन्त्री समेत रहेका भएका नेता आर्चायले वाम गठवन्धनले नयाँ प्रयोगका नाममा राष्ट्रपतीय प्रणाली ल्याउने योजनाले मुलुक द्वन्द्वतर्फ जाने तर्क गर्नुभयो ।