साफ यू-२० : नेपाल र बंगलादेश बिचको खेल बराबरी

नेपाललाई फाईनल पुग्न भारत माल्दिभ्स संग हार्नु पर्नेछ ।

टोकियो,जापान,साउन,१७-साफ यू-२० च्याम्पियनसिप फुटबलको अन्तिम लिग खेलमा नेपाल र बंगलादेशले बराबरी खेलेका छन् ।

आज (मंगलबार) भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको खेलमा पहिलो हाप बराबरीमा सकिएको थियो।खेलको दोस्रो हाफको ४९ औं मिनेटमा नेपालका जर्सी नं १० का दिपेश गुरुगं र बंगलादेशका जर्सि नं ८ ले रेड कार्ड पाएपछि दुवै देशका १० खेलाडीमा समेटिएको थियो।खेलको ६२ मिनेटमा बंगलादेशले गोल गर्दै अग्रता लिएको थियो । 

गोल भएको ५ मिनेटमै नेपालका लागि जर्सी नं ८ का निराजन मल्लले बंगलादेशी ३ जना डिफेन्डरलाई छलाउदै उत्कृष्ट शानदार गोल गर्दै बराबरीमा ल्याएका थिए।त्यपछि भने दुवै टिमले गोल गर्ने अवसर पाएपनि गोल भने गर्न सकेन् ।

नेपालका लागि आज बंगलादेशविरुद्धको खेल जित्नै पर्ने दवाव रहेको थियो।फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको थियो। 

अब नेपालले फाईनल पुग्न भारत र माल्दिभ्सबीचको खेलको नतिजा समेत कुर्नु पर्नेछ।यदि भारतलाई माल्दिभ्सले हराएमा नेपाल फाईनलमा पुग्नेछ।यदि भारतले माल्दिभ्सलाई हराएमा अथवा बराबर खेलेमा पनि भारत फाईनल पुग्नेछ। 

भारतले जितेमा नेपालको यो वर्षको साफ यू-२० बाट बाहिरिने छ ।बंगलादेश ४ खेलमा अपराजित रहदै १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

नेपाल ४ खेलमा ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।भारत ३ खेलमै ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।माल्दिभ्स र श्रीलंका १-१ अंक जोडेर प्रतियोगिताबाट बाहिरिसकेका छन् ‌‌।

शीर्ष दुई टोलीले उपाधिका लागि आउदो शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।५ राष्ट्र सहभागी च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।