शिक्षक विद्यालय फर्केनन्ः परिचरका भरमा विद्यालय

बाजुरा, जेठ, ७-

कोल्टीको ढाडाकोस्थित बुढीनन्दा प्रावि २ महिनादेखि सुनसान जस्तै छ । चैत्र दोस्रो साता हतारहतारमा परीक्षा सकेर हिडेका सबै शिक्षकको अहिलेसम्म अत्तोपत्तो छैन ।

सदरमुकाम मार्तडीदेखि करिब १ दिनको पैदल दूरीमा रहेको उक्त विद्यायका शिक्षकहरुले चैत्र पहिलो सातामै वार्षिक परीक्षा संचालन गरे । आजको कान्तिपुरमा खबर छ ।